नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि निरन्तर सडक अवरुद्ध


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खसेको हो ।
पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । – रासस