मोरङ अदालतद्दारा सुन तस्कारीकान्डमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र दुईजनालाई तारेखमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ११ दिनसम्म दुवैतर्फको थुनछेक बहस सुनेपछि मंगलबार यस्तो आदेश दिएको हो ।
थुनामा पठाइएकाहरुमा पूर्वडीआइजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्म रहेका छन् । उनीहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।
प्रहरीजवान अमरबहादुर थापालाई साधारण तारेख र प्रहरी हवल्दार विष्णबहादुर खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि अदालतले दिएको छ । इमेजखबरमा समाचार छ ।