बाढीले ताप्लेजुङको मध्य फावाखोला लघुजलविद्युत् आयोजनामा क्षति


शुक्रबार आएको बाढीले निर्माणाधीन मध्य फावाखोला लघुजलविद्युत् आयोजनाका निर्माण सामग्री बगाउँदा ७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३, सिकैचास्थित आयोजनास्थलमा वर्षासँगै आएको बाढीले सिमेन्ट, रड, प्लाइउड, गिट्टी, बालुवालगायतका निर्माण सामग्री बगाउँदा ७ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको आयोजनाका सब-कन्ट्याक्टर मोहनकुमार योङहाङले जानकारी दिए ।
बाढीले आयोजनाको ड्याम निर्माण भइरहेको क्षेत्रमा राखिएका मिक्सर मेसिन, पम्प सेटलगायतका सामग्रीसमेत बगाएको छ ।
बाढीले निर्माणाधीन ड्याममासमेत सामान्य क्षति पुगेको आयोजनाले बताएको छ ।
कोसेली निर्माण सेवाले गत फागुनदेखि ५०० किलोवाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु गरेको हो । इमेजखबरमा समाचार छ ।