सुर्य भुसाल
बुटवल । प्रदेश नम्बर ५ को १ सय दिनको काममा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
रिपोटर्स क्लव नेपाल प्रदेश नम्बर ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कार्यको प्रतक्ष अनुभुति गर्न नपाएको बताए ।
नेपाली कांग्रेस प्रदेश नम्बर ५ का संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले सरकारले पाईला नै नचालेको बताए ।
प्रदेश सरकारले भएको पैसा खर्च गर्न नसकिरहेको अवस्थामा सरकारबाट अन्य आशा गर्न नसकिने बताए । उनले सरकारले केहि गर्ने अवस्थामा प्रतिपक्षिलाइ कुनै बेलामा पनि नसोधिएको बताउँदै मनपरि ढंगले अगाडि बढिरहेको बताए ।
राम्रो काम गरे सरकारलाइ साथ दिन आफुहरु तयार रहेको बताउँदै सरकार एकलौटी ढंगले अगाडि बढेको बताए ।
उनले सरकार तानासाहीढंगबाट अगाडि बढ्न खोजेमा आफुहरु जुनसुकै कदम चाल्न पनि तयार रहेको बताए ।
प्रतिपक्षले काम नगरेको भन्ने गुनासोमा उनले भने –‘खबरदारी हुन्छ,हामीले गरिरहेका छौँ, लौरो लिएर पिट्न जान त कुरा भएन नि ।’
कार्यक्रमम बोल्दै नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले १ सय दिनमा नै बिरोध गर्नु बिरोधको लागी बिरोध मात्र रहेको बताए ।
उनले चिन्तन बिरोध नगरि आफ्ना कुरा राख्ने दरिद्र मानसिकता सबैले त्याग्नुपर्ने बताए ।उनले सरकार शुन्यबाट शुरु गरेको बताउँदै बस्ने स्थान र मन्त्रालयको समेत सरकार आएपश्चात नै खोजेको बताउँदै कामको मुल्याङ्कन गर्नु उचित समय नभएको बताए ।
सरकारका ८ बिधेयक पेश मध्य ४ पास, ४ पाइपलाइनमा रहेको बताउँदै आफुहरु बिकासको अबधारणा तयार गरिराखेको बताए ।
श्रोत साधन र पूर्वाधारका कारणले केहि कमी भएको स्वीकार्दै अब कार्यलाई तिब्रता दिने बताए । उनले जेठ २० देखि नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने बताए ।
कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरमका सांसाद सहश्रराम यादबले सरकार निर्माणको १ सद दिन पुग्दा सम्म सरकारलाई पूर्णता दिन नसक्नु समेत कमजोरी रहेको बताए ।
राजधानीको नाम राख्नको लागी तयार समेत नगर्नु नै लाचारीपना भएको बताए ।न्युनतम समयका सजिला काम गर्न सरकारले सक्ने भएपनि सरकारले नगरेको बताए । एकलौटी र केन्द्रिकृत शासन मात्रै भएको बताउँदै उनले यो कार्य सुधार गर्नुपर्ने माग राखे ।
पूर्व सांसद बिनोद पहाडीले प्रदेश सरकारले पाइलै नचालेको बताउँदै सबैभन्दा बढि अबसर रहेको यस प्रदेशमा सुरक्षा,महंगी नियन्त्रण लगायतका काममा सरकाल ठोस कदम नचालेको आरोप लगाए ।
राजनितिक बिश्लेषक दिल शाहानीले नेपालमा कम्युनिष्टको सरकार बनेको नभई नाम कम्युनिष्ट गरेर दलाल पुजिबादीको सरकार बनेको बताए । अहिलेको सरकार बिदेशी शक्तीको आर्शिबादमा चल्ने दलाल शक्तिको सरकार भएको आरोप लगाए ।
समृद्धिको नारा बकबास भएको बताउँदै युवाशक्ति बिदेश हुँदा यसले देश समृद्व नहुने धारण राखे ।
प्राध्यापक सुर्दशन नेपालले सरकारका नीति राम्रा भएको बताउँदै कार्यान्वयन नभएको बताए । मुहान संलो भए पो पानी संलो आउने बताउँदै केन्द्र सरकारनै गोलमोल भएकाले प्रदेश सरकार पनि सक्षम नभएको बताए ।
राज्यको अनुभुत जनतालाई हुन नसकेको बताउँदै नारामा मात्र नभई ब्यवहार उतार्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले केहि अबधारणामा सरकार स्खलीत भएको बताउँदै, श्रमीक, ब्यबसायी, नागरिकले आफ्नो पक्षमा काम गर्यो भन्ने नदेखिएको बताए । शुरुको आशा क्रमश निराशामा परिणत भएको उनको भनाई छ ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देही निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले सरकारको अनुभुति जनताले प्रतक्ष रुपमा गर्न नपाएको बताए ।
उद्योग वाणिज्य संघ बुटवलका बाणिज्य उपाध्यक्ष हरि अर्यालले सुशासन र सुब्यबस्था आएको अनुभुती हुने कार्य प्रदेश सरकारले नगरेको बताए । सरकारले शब्दमा सबै गरेको तर काम नगरेको बताए ।
लगानी मैत्री,ब्यबसाय मैत्री मार्गचित्र नआउँदा ब्यवसायहिरु सधै त्रासमय वातावरणमा रहनु पर्ने बताए ।