प्रदेश नम्बर २ सरकारलाई विश्वासको मत दिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार समर्थन फिर्ता लिएकाे छ ।
सरकारको सय दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दैतत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो ।एमाले र माओवादी यही जेठ ३ गते एकीकरण हुन् ।
तत्कालीनएमालेले संसदीय दलका नेता सत्यनारायण मण्डलले वर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै संसद अवरुद्ध गरेका छन्।माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए। सरकार भ्रष्टचारमा लिप्त भएको र भ्रष्टचारको भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए।
एक सय ७ सदस्य रहेको प्रदेशसभामा एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद रहका छन्।
गत जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलकाे रुपमा मान्यता दिएपछि एमाले र माअोवादी केन्द्रले निर्णयकाे विराेध गरेका छन्। कान्तिपुरमा समाचार छ ।