धूमपान तथा सुर्तीरहित दिवस अवसरमा भूमिकास्थानको नुवाकोट मावी चिदिचौरमा प्रबचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्तीजन्य पदार्थ र मुटुरोग’ भन्ने नाराका साथ बिहीबार विश्वभर धूमपान तथा सुर्तीरहित दिवस अवसरमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नुवाकोट स्थित नुवाकोट मावी चिदिचौरमा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । २६ औं नेपाल जुनियर रेडक्रस सोसाइटी / युवा रेडक्रस सोसाइटी १६-१८ नुवाकोट मावी चिदिचौरमा उपस्थित शिक्षक तथा विद्यार्थीलाई धूम्रपानबाट हुने नोक्सानीका बारे जानाकारी मुलुक प्रबचन दिईएको थियो । 


अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  मे १ अर्थात् जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपान रहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ ।
 संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगबारे जिल्ला स्वास्थ्य कार्यालयका पूर्व स्वास्थ्यकर्मी तथा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लिलाराम गौतमले क्यान्सर रोगबारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाका सचिव कुशल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापती शम्भु पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल, रेडक्रसका उपसभापती कमल घिमिरे, अर्बूद संस्थाका उपसभापति नारायण पौडेल, रेडक्रसका उपसभापति कैलाश कुमार श्रेष्ठ, सिएमए क्याम्पसका प्रमुख तथा अर्बूद संस्थाका द्रोणप्रसाद भुसाल, लुहेस्को अध्यक्ष कृष्णप्रसाद बन्जाडे, अर्बूद संस्थाकै सूर्य थापा, सुनीता बेलबासे, पत्रकार महासंघ अध्यक्ष हिम लेकाली, सन्चारकर्मी सहयोगी बिसी, ज्येष्ठ नागरिक भिमलाल भुसाललगायत विद्यालयका जुरेस गोष्ठीमा सहभागी शिक्षक नायक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले आफू र घरपरिवारलाई धूम्रपान रहित बनाउन प्रतिबद्ध रहने भन्दै हस्ताक्षर समेत गर्नुभएको थियो । कार्यक्रममा पोष्टर, पम्पलेट, वितरण गरिएको थियो । संस्थाले क्यान्सर रोग लागि पीडित भएकाहरूलाई उपचारको निम्ति सहयोग गर्दै आएको बताइएको छ ।
धूमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अह्वानमा वर्षेनि मे ३१ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्वमा प्रत्येक वर्ष धूमपानका कारण झन्डै ७० लाख व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वाथ्य संगठनले जनाएको छ ।
नेपालमामात्रै धूमपानका कारण वर्षेनि १७ हजार व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा भने यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ : सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने तय गरिएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यको मुुटमा पार्ने असरबारे चेतना फैलाउने लक्ष्य यस वर्षको विश्व धूमपानरहित दिवसको छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा मुटुरोगबाट ज्यान गुमाएकामध्ये १० प्रतिशतभन्दा बढीको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ ।

अन्य समाचारहरु