यस वर्ष मल र बीउको अभाव नहुने दावी


बाली लगाउने समय भएसँगै मल र बीउ बिक्री गर्ने कम्पनीहरुले यस वर्ष मल र बीउको अभाव नहुने दावी गरिरहेका छन् ।
मल–बीउ समयमै पाइए कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
बाली लगाउने समयमा वर्षेनि रासायनिक मल र बीउको चरम अभाव भोग्नु नेपाली कृषकको नियति नै हो । तर यस वर्ष भने त्यो अवस्था नदोहोरिने दावी मल–बीउ बेच्ने सरकारी कम्पनीहरुले गरेका छन् ।
बीउबिजन होस् वा मलखाद नेपालमा चीन, भारत, रुसलगायतका देशबाट ल्याउने गरिएको छ । गत वर्षका तुलनामा यस वर्ष मलको भण्डारण समयमै गरिएकाले अभाव नहुने दावी कृषि सामग्री कम्पनीले गरेको छ ।
नेपालमा उपयोग गरिने रासायनिक मल युरिया, डिएपी र पोटासमध्ये ८० प्रतिशत चीनबाट आयात हुने गर्दछ । नेपालमा वार्षिक करिब ७ लाख मेट्रिक टन मलको माग रहेकामा ३ लाख मेट्रिक टनमात्र आयात हुने गरेको छ ।
गत वर्ष पनि वार्षिक रुपमा २ लाख ८० हजार मेट्रिक टन आयात गरिएको भन्दै कम्पनीले यस वर्ष अभाव हुन नदिन भण्डारण गरिसकेको जनाएको छ । इमेजखबरमा समाचार छ ।