गुल्मीकाे रेसुङ्गा बिमानस्थलमा सफल परिक्षण उडान (भिडियाे सहित)

बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमाढिलो गरी अवतरण गरेको हो । प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए । बिहीवार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानिय सहित तम्घास र आसपासका मानिसहरुको बिमान हेर्न भिड लागेको थियो । पटक पटक जहाज आउछ भन्ने सुन्ने तर अन्तिममा नआएर निरास हुने गरेका स्थानीय आज जहाज देख्न पाएपछी खुशि भएका थिए ।
अर्घाखाँचीडट्कम संवाददाता
रेसुङ्गा, गुल्मी (अर्घाखाँचीडट्कम) ।  गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थल सिमिचौरमा तारा एअरले टुइनटर विमानको परिक्षण उडान गरेको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको हो । 
गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र रुपमा अगाडि बढ्न नसकेपछि गुल्मेलीहरू केही वर्षयता निराश भएका थिए। तर शुक्रबार तारा एयरको ९ एनएकेल जहाजले रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गरेपछि गुल्मेलीहरू हर्षित भएका छन्।
शुक्रबार बिहान ११ बजेनै तारा एयरको विमान रेसुङ्गा विमानस्थलमा परिक्षण उडान गर्ने तयारी भएपनि खराब मौसमका कारण ४ बजेपछि मात्र ढिला गरि अवतरण गरेको हो। जिल्लामै पहिलो पटक रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाचीका सर्वसाधारणहरू समेत जहाज हेर्नका लागि आएका थिए। विमानस्थलमा आएका नागरिकलाई ब्यवस्थापन गर्नका लागि प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो।
निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयवासीहरूले एक–अर्कामा खुशी साटासाट गरेका छन्। गुल्मेलीहरूसँग खुसी साटसाट गर्नका लागि विमानस्थलको शिलान्यास गरेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत जिल्ला आएका छन्। ज्ञवालीसगै नेपाल प्रहरीका प्रमुख सहितको जम्बो टिम पनि रेसुङ्गा विमानस्थलमा आएको छ।
विमानस्थल बनाउनकै लागि भनेर जग्गा उपलब्ध गराएको लामो समयसम्म जहाज नआउँदा विमानस्थल निर्माण समितिसँग आक्रोशित भएका स्थानीयले जहाज आएपछि खुसी ब्यक्त गरेका छन्। जहाज आउने भयो भनेर भएभरको सबै जग्गा दिएपनि विमानस्थल नबन्दा सारै रिस उठेको थियो स्थानीय रोमनाथ अर्यालले भने ‘ठिलै भएपनि लामो समयपछि जहाज आउँदा खुसी लागेको छ। अर्यालले ७ रोपनी जग्गा मुआब्जा लिएर विमानस्थल बनाउँनका लागि दिएका थिए। विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआब्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ। विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भैसकको छ।
विमानस्थल निमार्ण समितीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार विमानस्थलको धावनमार्ग कालोपत्रे र अन्य सरंचना निमार्ण गर्नका लागि ८ करोडको पुन ठेक्का भएको बताए। रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरी पलाएको छ। विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, बाग्लुङका बासिन्दालाई पनि सेवा पुग्ने छ।