प्रदेश नम्बर ५ को बजेट सार्वजनिक हुँदै- प्रदेश सभा भवन बुटवलबाट प्रत्यक्ष प्रसारण LIVE
आषाढ़ १ गते, २०७५ मा प्रकाशित
आर्थिक मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले ३० अर्बको बजेट प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन्।
प्रदेश ५ को प्रदेश सभामा आर्थिक वर्ष २०७५/०७६ का लागि करिब ३० अर्बको बजेट प्रस्तुत हुँदैछ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरेका छन् । बैठक १ बजे बस्ने भनिएपनि केही ढिला गरी सुरु भएको हो ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठका अनुसार बजेटमा समेट्नुपर्ने मागसहित विभिन्न क्षेत्रबाट चार हजार योजना आएका थिए । प्रत्यक्ष निर्वाचित सांसदबाट २ हजार ६ सय, समानुपातिक सांसदबाट ८ सय र स्थानीय तहबाट ८ सय योजनाको माग भएको थियो । सरकारले धेरै योजना स्थानीय तहसँगको सहकार्यमै अगाडि बढाउने बताएको छ ।