सातै वटा प्रदेशले पहिलो पटक पूर्ण आकारको बजेट सार्वजनिक


सातै वटा प्रदेशले पहिलो पटक पूर्ण आकारको बजेट आज सार्वजनिक गर्दैछन्।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले आज प्रदेश सभामा आगामी वर्षको आयव्यवको विवरण प्रस्तुत गर्न लागेका हुन्। सातै प्रदेशको बजेट जोड्दा २ खर्ब ८ अर्ब रुपैयाँ हुन्छ। 
यसअघि जेठ १५ गते सार्वजनिक भएको संघीय बजेटमार्फत् प्रदेश समानीकरण (निःशर्त र सशर्त) बजेट पाएका थिए। 
प्रदेश नम्बर १ ले ३५ अर्ब बराबरको बजेट सार्वजनिक गर्न लागेको छ। 
प्रदेश १ लाई संघीय बजेटले १९ अर्ब ८८ करोड ७० लाख रकम दिएको थियो।
प्रदेश २ ले २६ अर्बको बजेट सार्वजनिक गर्न लागेको छ।  केन्द्र सरकारले १६ अर्ब १९ करोड रुपैयाँ दिएको छ।
प्रदेश ३ ले ४२ अर्ब बढीको बजेट बनाएको छ। आर्थिक मन्त्री कैलाश ढुंगेलले आज बजेट सार्वजनिक गर्दैछन्। केन्द्रले प्रदेश ३ लाई १६ अर्ब ५८ करोड रुपैयाँ दिएको छ।
प्रदेशका ४ ले २६ अर्ब बराबरको बजेट तयार पारेको छ।
आर्थिक मामिला मन्त्री किरण गुरूङले अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन्। केन्द्र सरकारले प्रदेश ४ लाई १३ अर्ब रुपैयाँ दिएको छ। प्रदेश बजेट भौतिक पूर्वाधारको निर्माण बढी केन्द्रीत छ।
प्रदेश ५ ले ३० अर्बको बजेट बनाएको छ। मुख्यमन्त्री शंकर पोखरेलले नै आर्थिक मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
केन्द्रले प्रदेश ५ लाई १६ अर्ब ५४ करोड रुपैयाँ दिएको छ।
कर्णाली प्रदेश २३ अर्बको बजेट तयार पारेको छ। आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले अपरान्ह १ प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन्।
बजेट भौतिक संरचनाको सम्भाव्यता अध्ययनमा केन्द्रीत छ। संघीय बजेटमार्फत् कर्णालीलाई १६ अर्ब ६९ करोड रुपैयाँ दिएको छ।
प्रदेश सातले २६ अर्बको बजेट बनाएको छ। केन्द्र सरकारले यो प्रदेशमा १४ अर्ब २५ करोड दिएको छ। सेतोपाटीमा समाचार छ ।