संखुवासभामा पर्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना मजदुरको मृत्यु भएको छ ।
संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको हो ।
निर्माणाधीन अरुण तेस्रो जलविदुत् आयोजनाको सुरुङ खन्ने क्रममा गएराति ढिस्को झरेको थियो ।
ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएर कालिकोट सिउना गाउँपालिका –४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको ज्यान गएको हो ।
शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।
झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५० किलोमिटर टाढा पर्छ । इमेजखबरमा समाचार छ ।