संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा फसेका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना-४ का प्रदीप शाही, जुम्लाको चन्दननाथ-४ का प्रेम परियार, भारतको झारखण्डका सुधन मुन्डा र भारतकै बिहारका नन्दकिशोरको उद्दार गरेको हो ।
सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा उद्धार टोलीले आज बिहान उनीहरुको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुको संखुवासभा सदरमुकाम खाँदबारीमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।