वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा सम्पन्न भएको छ।
सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
अन्तिम श्रद्धाञ्जलीपछि बाँसबारीबाट पशुपतिनाथ परिसरसम्म उनको शवयात्रा गरिएको थियो।
६५ वर्षीय डा. देवकोटाको काजकिरिया उनका तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नेछन्। उनको काजकिरिया सात दिनमा सम्पन्न हुने परिवारजनले जानकारी दिएका छन्। देश सञ्चारमा समाचार छ ।