प्रधानमन्त्री ओली ६ दिने अाैपचारिक भ्रमणका क्रममा चीनमा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे प्रतिनिधिमण्डल बेइजिङ आइपुगेको छ ।
चीनकाे ६ दिने अाैपचारिक भ्रमणमा रहेकाे प्रधानमन्त्री नेतृत्वकाे टाेली स्थानीय समयअनुसार अपरान्ह ५ बजेर १५ मिनेटमा राजधानी बेइजिङ उत्रिएकाे हाे ।
विमानस्थलबाट प्रधानमन्त्री अाेली र उनी नेतृत्वकाे टाेली होटल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकाे छ । त्यसक्रममा यहाँ उपस्थित नेपाली समुदायलार्इ प्रधानमन्त्री अाेलीले सम्बाेधन गरेका छन् ।
प्रधानमन्त्री अाेली चिनियाँ समकक्षी ली खछयाङको औपचारिक निमन्त्रणामा अाएका हुन् । प्रधानमन्त्री अाेलीले भाेलि चिनियाँ राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री लिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।
दाेस्राेपटक प्रधानमन्त्री भएपछि अाेलीकाे याे दाेस्राे विदेश यात्रा हाे । यसअघि उनी भारत भ्रमणमा गएका थिए । स्रो चीन भ्रमण हो । नयाँपत्रीकामा समाचार छ ।