इलामको कावेली करीडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सकिन अझै केही महिना लाग्ने

news
चार वर्षअघि नै सम्पन्न गर्नुपर्ने कावेली करीडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सकिन अझै केही महिना लाग्ने भएको छ ।
काम ढिलो हुँदा इलाममा उत्पादित विद्युत ३३ केभी लाइनबाट १३२ मा जोड्न समस्या पर्ने भएको छ । अहिले बल्ल नयाँ ट्रान्सफर्मर जडान गरिँदैछ ।
झापा लखनपुरदेखि पाँचथर अमरपुरसम्मको प्रसारण लाइनको पहिलो खण्डको काम सकिएपनि फिदिम थापाटारसम्मको दोस्रो तथा थापाटारदेखि अमरपुरसम्म तेस्रो खण्डको काम सकिन असोज महिनासम्म लाग्ने बताइएको छ ।
आयोजनामा भएको ढिलाइले पाँचथर र ताप्लेजुङमा निर्माण भएका विभिन्न आयोजनामा उत्पादित विद्युत खेर जाने अवस्था बनेको छ । विभिन्न आयोजना बनेपछि इलाममा उत्पादन भएर आयोजनाको गोदकस्थित सवस्टेसन हुदै राष्ट्रिय प्रसारणमा जाने विद्युत बढी भएपछि ६० एमविएको नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने भएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
यसअघि ३० एमविएको ट्रान्सफर्मर थियो । ३३ केभी लाइनमार्फत २७ देखि २८ मेगावाट विद्युत आइरहेको र बढि भार खेप्न नसक्ने भएकाले थप क्षमताको ट्रान्सफर्मर जडान गर्न लागिएको द्विवेदीले बताए ।
सन् २०११ मा ठेक्का सम्झौता भइ काम शुरु भएको कावेली करिडोर १३२ प्रसारण लाइन आयोजना २०१४ सम्ममा सकाइसक्नुपर्ने भए पनि अझै बनिसकेको छैन । इमेजखबरमा समाचार छ ।