पूर्वी नवलपरासीको गैँडाकोटमा सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते

Image result for गैँडाकोट
पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।
गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)