सुनसरीमा कार्यविधि सच्याउन माग गर्दै चिकित्सहरु आन्दोलित

सुनसरीमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले तयार गरेको प्रस्तावित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि ०७५ विरुद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आपत्ति जनाउदै आन्दोलनमा उत्रिएको छ । 
सोसाइटीमा आबद्ध चिकित्सकहरुले मंगलबारदेखि सम्पुर्ण एकेडेमिक प्रोगाम बहिष्कार गरेका छन् । सोसाइटीले बुधबारदेखि अस्पतालको आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवापनि बाहिष्कार गर्ने चेतावनी दिएका छन् ।
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि पूर्वको रिफरल सेन्टर बीपी प्रतिष्ठानमा उपचारका लागि आएका दुई हजार बिरामीहरुको उपचार सेवा पनि प्रभवित भएको थियो ।
सरकारले ल्याउन लागेको कार्यविधिमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले कुनै पनि अस्पतालमा पाँच वर्ष सेवा दिनुपर्ने प्रावधान राखिएको छ । उनीहरुलाई नवौँ तहको मान्यता दिएपनि कुनै पनि निजी मेडिकल कलेजमा अध्ययन गरेर आएका आठौँ तहका चिकित्सकको मातहतमा रहेर सेवा दिनु पर्ने भएकाले सोसाइटीले सच्याउन माग गरेको छ ।
सोसाइटीले सरकारले चिकित्सा क्षेत्र सुधार्न ऐन ल्याउनु पर्नेमा छात्रवृत्तिमा अध्ययन गर्ने सरोकारवाला चिकित्सा शास्त्रका विद्यार्थीहरुसँग छलफल नै नगरी छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि ल्याउन लागिएकोमा आपत्ति जनाएको हो । कान्तिपुरमा समाचार छ ।