उत्तरी धादिङको साईस्वाँरामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५, ४ जना घाईते

news
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईस्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा खनियाबास गाउँपालिका ५ साईस्वाँरा बस्ने राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङ छन् ।
पहिरोमा पुरिएर बेपत्ता भएका ६५ वर्षीय समशेर घले र उनकी श्रीमती ६२ वर्षीय कोप्ची घलेको पनि मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ ।
अविरल वर्षापछि जिल्लाको खनियाबास र नेत्रावती गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले १७ घर पुुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।  इमेजखबरमा समाचार छ ।