खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चारजनाको मृत्यु

news
 विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चारजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङकाअनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका ३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका ५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका ४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका २ का चार वर्षीया रिमादेवी यादव छन् ।
जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आँकलन गर्दै समितिअन्तर्गत्का विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । रासस