प्रदेश ४ को प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइए पनि प्रदेशको नामांकरणको विषयमा सहमति हुन नसकेका कारण स्थगित भएको छ ।
प्रदेशसभाको बैठक बस्नु अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका सांसदहरुबीच नै प्रदेशको नामाकंरणको विषयलाई मतभेद भएपछि उपसभामुख सृजना शर्माले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी दिएकी हुन् ।
प्रदेशसभाको बैठक पहिलोपटक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
सोमबारको बैठकले पर्यटकीय शहर पोखरा प्रदेश ४ को स्थायी राजधानी तोकेको थियो । सत्ता र प्रतिपक्षदलको समर्थनमा प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो । कान्तिपुरमा समाचार छ ।