मुस्ताङ दुर्घटनाका मृतकका परिवारलाई जनही पाँच लाख दिइने

Image result for मुस्ताङ दुर्घटना
संघीय संसद, प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाकाबारेमा सदनलाई जानकारी गराएका छन् ।
असार २२ गते भएको सो टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो ।
१२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइराखेको मन्त्री थापाले जानकारी दिए ।
मृतकका परिवारलाई राहतस्वरुप जनही रु पाँच लाख दिइने उनले सदनलाई जानकारी गराउँदै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताए । रासस