म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको तितरमा पहिरो जाँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।
बुधबार बिहान झरेको चट्टानी पहिरोले बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको हो । यातायात रोकिएपछि सयौं यात्रु बेगखोलामा अलपत्र छन ।
स्थानीय इन्द्रसिं शेरचनका अनुसार ठूलठूला चट्टान झरेकोले पैदलयात्रुलाई समेत समस्या परेको छ । सडक खुलाउन कालीगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम सडक विस्तार कार्यक्रमका डोजर ल्याउन पहल भएको छ । कान्तिपुरमा समाचार छ ।