
+ç
रसुवाको धार्मिकस्थल गोसाइँकुन्ड जाँदैगर्दा ढुंगाले लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका-४ की ३८ वर्षीया नम्रता कार्की रहेकी छन् ।
गोसाइँकुन्ड गाउँपालिका-५ स्थित खोलादेखि ५० मिटरमाथि पहिरो गएको स्थानमा एक्कासि ढुंगा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए ।
पहिरोमा परी रौतहटकै मनोज भट्टराई र रमा आचार्य घाइते भएका छन् । इमेजखबरमा समाचार छ ।