धादिङको गजुरीमा ४० घरपरिवार पहिरोको जोखिममा

news
धादिङको गजुरी गाउँपालिकाको राम्चे बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
लगातारको वर्षाले गाउँमाथिको सडकमा पहिरो जाँदा गाउँले त्रसित भएका छन् । 
पहिरोका कारण खसेका ठूला–ठूला चट्टानले आदमघाट किरान्चोक सडक नै बन्द भएको छ । चट्टान गाउँमा खसेमा बस्ती नै सखाप बनाउने हो कि भन्ने चिन्ताका कारण स्थानीयले रातको समयमा घरमा बस्नसमेत छाडेको बताएका छन् ।
 माथिबाट खसेको पहिरोले राम्चेका करिब ४० घरपरिवार जोखिममा छन् । इमेजखबरमा समाचार छ ।