काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनर्स्थापनाको काम आउने माघदेखि सुरु हुने भएको छ।
सन् २०१३ पछि धावनमार्गले घाम र पानी सहन नसकी वर्षायाममा उडान प्रभावित हुँदै आएको छ। अहिले सामान्य मर्मतले काम चलाए पनि यसको दिर्घकालीन समाधान पुनर्स्थापना भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धावन मार्गको पिच फेर्नको लागि ठेकेदार छानैटको काम भइरहेको र आगामी माघदेखि दैनिक ८ घण्टा विमानस्थल बन्द गरेर काम गरिने जानकारी दिए।
माघमा भैरहवामा धावनमार्ग बनिसक्ने र त्यहाँ आपतकालीन उडान सम्भव हुने र यता चार महिनामा धावनमार्गको पिच फेर्ने काम सकिने मन्त्री अधिकारीको भनाई छ।



