खिदिममा जेष्ठ नागरिकहरुलाई कपडा तथा बलाङकेट बितरण

सुर्य भुसाल 
पाणिनी, अर्घाखाँची ।  हाम्रो लक्ष हाम्रो उदेश्य भन्ने मुलनारा सहित अाफुहरुले पाणिनी गाउँपालिकाको बिकासमा लागि परेको बताउनु भएको छ ।
पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा अायोजित  जेष्ठ नागरिकहरुका लागि तातो कपडा तथा बलाङकेट  बितरण कार्यक्रममा बोल्दै गौतमले देशभर कर बृर्दि भएको हल्ला चलेपनि पाणिनिमा अाफुहरुले अनावश्यक कर बृर्दि नगरेको दाबि गर्नु भयो ।
उहाले पाणिनीको बिकासले फड्को मारेको बताउदै भष्टचार मुक्त सुसासन कायम पारदर्सिता कृर्षि क्रान्ति बिकासको पहिलो प्राथमिकता भएको मा जोडदिनु भयो ।
काङ्ग्रेसका युवानेता समेत रहनुभएका गौतमले कृर्षिको क्रान्ति बिना अन्य बिकासको कल्पना गर्न नसकिने बताउदै अाफु पनि किषान भएकोले किसानका समस्या अाफुले बुझेको बताउदै  जृष्ठ अामा बुवाको सेवा गर्न पाउँदा अाफु हर्षित भएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि गौतमले पाणिनिको बिकासका लागि अाफुहरु रातदिन नभनि लागि परेको ले नमुना पाणिनिको कल्पना पूरा गर्ने बताउनु भयो । उहाले बिकासका पुर्वाधारहरु तयार हुदै गएकोले कृर्षि क्रान्ति अार्थिक क्रान्तिको मुख्य अाधार भएकोले कृर्षकहरुका लागि सबै खालका अनुदान पाणिनिबाट जनताले पाउने गरेको बताउनु भयो ।
उपाध्यक्ष गौतमले जेष्ठ नागरिक सम्मान लक्ष्यित बर्गका कार्यक्रम महिला लक्षित कार्यक्रम सिपमुलक तालिम अागामि बर्षका मुख्य योजना भएको बताउदै पाणिनिको बिकासमा सहयोग गर्न अाग्रह गर्नु भयो । जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा अाफुहरु हर्षित भएको बताउनु भयो ।

अन्य समाचारहरु