राष्ट्रियसभाअन्तर्गत्का तीनओटा विषयगत समितिका सभापति बुधबार निर्विरोध चुनिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच भएको छलफलमा नेकपाले तीन र कांग्रेसले एक समितिको सभापतिमा उम्मेदवारी दिने सहमति भएको थियो ।
सोहीअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी नेकपाका तर्फबाट सभापति निर्विरोध चुनिएका हुन् ।
कांग्रेसले भने आफूले नेतृत्व पाएको समितिमा उम्मेदवारी नै दिएको छैन ।
शीर्ष नेताहरुको सहमतिमा दीगो विकास तथा सुशासन समितिको नेतृत्व कांग्रेसलाई दिइएको छ । इमेजखबरमा समाचार छ ।