पशुपति नाथले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाए ; मोदी

काठमाडौं, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनसँगै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सहयोगमा पशुपति क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री मोदीले उद्घाटन कार्यक्रमको शुरुमा नेपाली भाषामा सम्बोधन गरेका उनले पशुपति नाथले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाएको बताए ।
प्रधानमन्त्री मोदीले यसअघि जनकपुर र मुक्तिनाथको दर्शनसँगै पशुपति नाथको दर्शनले प्रसन्न भएको बताए । उनले भने, ‘मैले नेपालको तीनै धामको दर्शन गर्ने अविस्मणीय क्षण पाए सम्बोधनमा प्रधानमन्त्री मोदीले नेपालको पवित्र भूमि लुम्बिनीले गौतम बुद्ध दिएको र भारतको भूमिले बुद्धलाई ज्ञान दिएको बताए ।