
सन्धिखर्क (अर्घाखाँची डट्कम) आज विश्व सरसफाई दिवसका अवसरमा क्लिन काष्ठमाण्डप अभियानले काठमाण्डौको कोटेश्वरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यता रहेको सरसफाई कार्यक्रममा असोज १२ गते प्रदर्शन हुन लागेको चलचित्र अनुरागको टिम पनि सहभागि थिए । अभियानमा अन्य सर्वसाधारले पनि साथ दिए सरसफाई कार्यक्रमको सुरुवात गर्दै पत्रकार धमलाले काठमाण्डौलाई सफा बनाउनका लागि हरेक व्यक्तिले आफैँबाट सफाई अभियान थाल्नुपर्ने बताए ।

“पहिला आफैबाट सुरु गरौँ, घर सफा गरौँ, समाज सफा गरौँ अनिमात्र देशभरी अभियान पुग्छ ।” धमलाले भने । अव्यवस्थित बसोबासका कारण काठमाण्डौ सफा हुन नसकेको भन्दै धमलाले प्रधानमन्त्री केपी ओली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको ध्यानाकर्षण गराएका थिए ।
उनले ओली र शाक्यले नै क्लिन काठमाण्डौ अभियान सुरु गर्नुपर्नेमा जोड दिदै विदेशी पर्यटक नेपाल घुम्न आउँदा सुरुमै काठमाण्डौको धुलो र हिलोको सामना गर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सचेत गराए ।

त्यस्तै अर्घाखाँची जन्मथलो भएका अभियान्ता सचिन पाण्डेले सरसफाइ कार्यक्रममा एक्यवद्धता जनाउने समाजसेवी,बुद्धिजिवि,विभिन्न स्कुल ,कलेज बाट आएका विद्यार्थि भाईबहिनीहरुलाई धन्यवाद दिएका थिए ।
क्लिन काष्ठमाण्डप अभियानका केपी खनालको प्रशंसा गर्दै धमलाले खनाललाई सबैले सहयोग गर्नुपर्ने बताउदै ,अनुराग फिल्मले पनि सरसफाईमा महत्वपूर्ण भुमिका खेल्ने बताए । धमलाद्धारा निर्मित तथा एलिजा गौतमको मुख्य अभिनय रहेको चलचित्र अनुराग असोज १२ गते प्रदर्शनमा आउँदैछ । रिपोटर्स नेपालको सहयोगमा समाचार तयार पारिएको हो ।



