तेल आपूर्तिमा सुधार आउने

news
सरकार र आन्दोलनरत् चालकबीच शुक्रबार सहमति भएसँगै तेल आपूर्तिमा सुधार आउने जनाइएको छ ।
मुलुकी अपराध संहिताको विरोध गर्दै सार्वजनिक सवारीचालकहरुले गरेको आन्दोलनका कारण पछिल्लो समय तेल आपूर्ति असहज भएको थियो । जसका कारण केही दिनदेखि उपत्यकालगायतका स्थानहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
नेपाल आयल निगमसँग पर्याप्त स्टोरेज हुन नसक्दा ढुवानीमा सामान्य समस्या आउँदा पनि राजधानीलगायत मुलुकभर आपूर्ति असहज हुने गरेको छ ।
चालकहरुलाई केही व्यवसायीहरुले उकास्दा यस्तो समस्या आएको निगमको भनाइ छ ।
चालकका नेताहरु विराटनगरका जीवन कार्की, अमलेखगन्जका राजन केसी, भैरहवाका अनिल जैसवाल, विराटनगरका केशव आचार्य र काठमाडौंका ईश्वर लामाले अवरोध गरेको र उनीहरुलाई कारबाही गर्ने तयारी भइरहेको पनि जनाइएको छ । इमेजखबरमा समाचार छ ।