पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न आवश्यक थप करिब ६ खर्ब रुपैयाँ

news
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनःनिर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताएका छन् ।
प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको ८औं बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाल सरकार र दातृनिकायहरुसँगको सहकार्य र छलफलमा पुनःनिर्माणका लागि देखिएको आर्थिक ‘ग्याप’लाई पूरा गर्ने बताएका हुन् ।
बैठकमा ज्ञवालीले पुनःनिर्माणका बाँकी काम सम्पन्न गर्न आवश्यक थप करिब ६ खर्ब रुपैयाँ जरुरी रहेको जानकारी गराएका थिए ।
पञ्चवर्षीय पुनःनिर्माण योजनाअन्तर्गत्का योजना तथा कार्यक्रम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।  इमेजखबरमा समाचार छ ।