उषाकिरण कृषि सहकारी छत्रदेवकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

छत्रदेव, अर्घाखाँची असोज १० – उषाकिरण कृषि सहकारी संस्था लि छत्रदेव ७ काे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
साधारणसभा संस्थाका अध्यक्ष जंगवहादुर परियारकाे अध्यक्षता छत्रदेव गाउँपालिका वडा नं ७ का अध्यक्ष शाेभाखर पाण्डे काे प्रमुख अातिथ्यता तथा अतिथिहरूमा छत्रदेव सहकारी संघ का प्रस्थापित सचिव खिमान्द भुषाल, जनप्रिय वचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष ठाकुरप्रसाद पाण्डे, शुभप्रभात कृषक सहकारी संस्था का अध्यक्ष वाबुराम पाण्डे तथा भगवती वचत तथा ऋण सहकारी संस्था लि का प्रतिनिधि कृष्णप्रसाद पाण्डे काे अातिथ्यतामा सञ्चालन भएको कार्यक्रममा संस्थाकाे व्यावस्थापन सदस्य लक्ष्मी पाण्डे ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्था का लेखा समिति संयाेजक लक्ष्मीप्रसाद पाण्डे ले अाय व्याय विवरण सहित लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । 
अतिथि हरुले वाेल्नेक्रमा सहकारी अाफ्नाे अाचार संहिता अनुरुप चुस्त दुरुस्त राखेकाे र अागामि दिनमा पनि एसै गरि अगाडि वडाेस भन्दै शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम संस्था का उपाध्यक्ष शाेभाखर पाण्डेले सञ्चालन गर्नुभएको थियाे ।

अन्य समाचारहरु