सन्धिखर्कमा होटेल भित्र पसकोे चितुवा मृत

प्रकासित मिती: १४ कात्तिक, २०७५ 
प्रेमनारायण आचार्य
  अर्घाखाँची १४ कात्तिक । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर  १ मा रहेको सुदिप होटल भित्र बसेको अवस्थामा फेला परेको चितुवा मरेको छ ।
चितुवाले कुकुरलाइ एक्कासि आक्रमण गर्ने क्रममा स्थानीयहरुको होहल्लाले चितुवा सुदिप होटेल भित्र छिरेको स्थानीय को भनाइ  छ । चितुवा होटेल भित्र पसेको खबर पाउन साथ् जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको  टिमले सुदिप होटेलमा पुगी चितुवालाई जिल्ला बन कार्यालय अर्घाखाँचीलाई बुझाएको थियो  ।
 घाइते अबस्थामा जिल्ला बन कार्यलयमा पुगेको चितुवा गए रातीनै मरेको सहायक  बन अधिकृत शिला पोख्रेलले बताउनु भयो । चितुवा छोप्ने क्रममा गम्भीर  घाइते भएको चितुवा मरेको हो । 

अन्य समाचारहरु