डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

news
डोल्पाको ठूलीभेरीमा सोमबार एक यात्रीवाहक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
दुईजनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।
सदरमुकाम दुनैबाट जिल्लाकै सुपानेतर्फ जाँदै गरेको भे१च १६१० नम्बरको जिप ठूलीभेरी नगरपालिका वडा नम्बर–९, कालागौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिप कच्चीसडकबाट करिब ३० मिटर तल नदीमा खसेको जनाइएको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । इमेजखबरमा समाचार छ ।