अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हटारीका एक युवा तिहार मनाउन साउदी अरबबाट घर आउने क्रममा काठमाडौं सुतेको अवस्थामा मृत्यु भएको छ ।
हटारीका गुन बहादुर चिदिमगरका माइलो छोरा पदम चिदिमगरको साउदी अरबबाट तिहार मनाउन घर आउने क्रममा सोमबार बिहान काठमाडौंमा साथीको कोठामा सुतेको अवस्थामा मृत्यु भएको हो ।
पदमलाई बेहोस भएको अबस्थामा भेट्टिएको र अस्पताल पुर्याउदा डाक्टरले पहिले नै मृत्यु भएको बताएको थियो । पदमले आईतबार राती अबेरसम्म बुबा आमा, परिबारसंग कुरा गरेर साथीको कोठामा बसेका थिए ।
पदम २ बर्षपछि साउदी अरबबाट फर्केका थिए । प्रहरीले घटनाको मुचुल्का उठाई पोस्टमार्टम र अनुसन्धानपछि मात्र घटनाबारे प्रष्ट जानकारी हुने बताएको छ। चिदिमगर पाल्पाबाट बसाई सराई गरि बिगत ३ दशक देखि सन्धिखर्कमा बस्दै आएका थिए ।