मानव अधिकार तथा शान्ति समाज काे केन्द्रीय राष्ट्रिय परिषद बैठक बिराटनगरमा

प्रेम आचार्य 
मानव अधिकार तथा शान्ति समाज काे केन्द्रीय राष्ट्रिय परिषद बैठक अाज देखि बिराटनगरमा सुरु भएको छ । कार्यक्रमलाई सम्वाेधन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले देसमा प्राप्त लाेकतन्त्रकाे रक्षाकाेलागि एकपटक मानवअधिकार वादिहरु एकपटक सडकमा अाउनु पर्ने बताए । उनले देशमा लाेकतन्त्र स्थापनाका लागि मानवअधिकार वादिहरुकाे भुमिका प्रमुख रहेको बताउनुभयाे । 
 कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले देशमा लाेकतन्त्र छ भन्ने अबस्था समेत हराउन थालेको बताए । उनले राज्यनै लाेकतन्त्र र मानवअधिकारकाे रक्षा गर्न उदासीन रहेको बताए । 
नेपालीको संघर्षबाट प्राप्त  लाेकतन्त्रलाई रक्षा गर्न मानवअधिकार वादि सडकमा अाउनु पर्ने अबस्था सृजना गर्ने सरकारकाे जति अालाेचना गरेपनि कमि हुने बताए । उनले निर्मलाका हत्यारा जाेगाउन सरकारनै लागि परेको बताए ।  
कार्यक्रममा मानवअधिकारवादि नेता डाक्टर देवेन्द्रराज पाण्डे , कृष्ण पहाडी , पत्रकार हरिवहादुर थापा , प्रतीक प्रधान, अरुण बराल, लगायतले मन्तब्य राख्दै मानवअधिकार रक्षाका लागि सडकमा संघ्रष अाबश्यक रहेको बताए ।