नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआईभी संक्रमण, ६१ प्रतिशतले कमी

news
‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ ३१ औं विश्व एड्स दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्षको डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआईभी संक्रमण रहेको अनुमान छ । नेपालमा १९ हजार पुरुष र १२ हजार महिलामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ ।
तीमध्ये १६ हजार ४ सय २८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत व्यक्तिलाई उपचारको दायरामा ल्याउने र शरीरमा भाइरसको भार न्यून बनाउने उद्देश्य लिएको केन्द्रले जनाएको छ ।
विश्वव्यापी रुपमा हेर्ने हो भने विगत सात वर्षको अबधिमा यसको संक्रमण १६ प्रतिशतले घटेको छ ।
नेपालमा भने ६१ प्रतिशतले घटेको र ६३ प्रतिशत बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको केन्द्रको तथ्यांक छ ।
असुरक्षित यौन सम्र्पक गर्ने, सुईको प्रयोग गरी लागूऔषध सेवन गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।
लामो समयसम्म ज्वरो आउने, खोकी लाग्नु, बारम्बार झाडापखाला लाग्ने, क्षयरोग जस्ता लक्षणहरु देखापर्छ ।  इमेजखबरमा समाचार छ ।