
सन्धिखर्क ,अर्घाखाँची (अर्घाखाँची डट्कम)
प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नया तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुंच पुर्याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो ।

बुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक अर्घाखाँची शाखा कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो ,भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, बुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाँची कार्यालय सहायक शर्मिला आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एजेन्सी म्यानेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए ।

साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए ।तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नया अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।



