मालारानी गाउँपालिका मेहेलपानीमा घर गोठमा आगलागी हुदा ११ वर्षिय अपांग बालकको ज्यान गयो


अर्घाखाँची डट्कम संवाददाता

मालारानी,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ मेहेलपानी चित्रेटोलामा घर गोठमा आगलागी हुदा ११ वर्षिय एक बालकको ज्यान गएको छ ।

आज दिउँसो करिव ३ बजेको समयमा जङ्ग बहादुर बिकको घरमा बिजुली बत्तिबाट सार्ट सकिट हुदा उनका छोरा अपांग नारायण बिकको जलेर ज्यान गएको हो ।

आगलागीबाट घरमा रहेको अन्नबाली लत्ताकपडा र जिन्सी समान जलेर नष्ट हुदा १०/१२ लाख बराबरको क्षति भएको बुझिएको छ । भने गोठमा रहेका गाई वस्तुहरु स्थानिय बासिन्दाहरुले बचाउन सफल भएका छन ।

अन्य समाचारहरु