
अर्घाखाँची डट्कम संवाददाता
वाङ्गला,अर्घाखाँची (अर्घाखाँची डट्कम) जिल्ला समन्वय समिति अर्घाखाचीका प्रमुख पिताम्बर शर्माले शिक्षाको महत्व बुझेर विद्यार्थीहरुलाई अध्ययापन गराएमा स्कुलको शैक्षिक गुणस्तर वृद्धि हुने बताउनु भएको छ । शिक्षामा प्रतिस्पर्धा भएकाले आफना छोराछोरीको पढाइमा ध्यान दिन अभिभावकलाई सुझाव दिंदै शर्माले शिक्षाको महत्व बेग्लै रहेको बताउनुभयो ।

वाङलाको जीवनोद्धार माविको ५९ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै शर्माले शिक्षाको गुणस्तर अझै वृद्धि गर्न शिक्षकलाई अनुरोध गर्नु भयो त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुलीले विद्यार्थीलाई पढाइमा प्रतिस्पर्धा बनाउन शिक्षक र अभिभावकले गहन भुमिका खोल्नुपर्ने बताउनु भएको छ ।

सन्धिखर्क नगरपालिका ४ का वडाध्यक्ष कृष्ण श्रेष्ठ ५ का वडाध्यक्ष राजेन्द्र भुसाल, सन्धिखर्क नगर शिक्षा अधिकारी चोपलाल बेल्वासे, शीतगंगा नगर शिक्षा अधिकारी, माधव बञ्जाडे, ज्ञानप्रकाश माविका प्रअ सुर्यबहादुर खनाल, पूर्वशिक्षक कुलचन्द्र भुसाल, चन्दादाता नेत्रप्रसाद भट्टराई, प्रेस युनियनका अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी लगायतले शैक्षिक गुणस्तरमा प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋिषव अधिकारीको अध्यक्षता, शिक्षक डिलाराम अधिकारीको स्वागत र नारायण आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ नमसिंह रानाभाटले शैक्षिक क्षेत्रमा जीवनोद्धारलाई जिल्लामै अब्बल विद्यालय बनाउन लागि परेको बताउनुभएको छ त्यस्तै कार्यक्रमम पूर्व शिक्षक, चन्दादाता, उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।



