श्याम घिमिरे
मंसीर १६ अर्घाखाँची – क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीको आयोजनामा आईतबार सदरमुकाम सन्धिखर्कमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कञ्चनपुरकी १४ बर्षीया बालीका निर्मला पन्तको बलात्कार पछी हत्या गरीएको सयौ दिन बितिसक्दा पनि बलाल्कारी र हत्यार पत्ता लगाउन सरकार असफल भएको भन्दै अपराधिलाई छिटोभन्दा छिटो कानुनि कठाघारामा ल्याउनुपर्ने लगायतका माग राख्दै कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।
कार्यक्रमा नेकपा बिप्लब निकट क्षितिज जनसंगित अभियानका कलाकारहरुले गित नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । क्रान्तिकारी पत्रकार संगठन नेपाल अर्घाखाँचीका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता,बालकृष्ण भलामी र भिम कौशलको सन्चालनमा सम्पन्न कार्यक्रममा बिभिन्न राजनितक दलका नेता कार्यकर्ता पत्रकार र स्थानिय दर्शकहरुको उपस्थीति रहेको थियो ।