लक्ष्मण घिमिरे
मंसिर १६ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको वाङ्गलामा रहेको वाङ्गला सामुदायिक सिकाई केन्द्रले “सामुदायिक सिकाई संगालो–२०७५” नामक पुस्तकको एक कार्यक्रमका बिच बिमोचन गरेको छ ।
जिवनोद्धार माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा वाङ्गला सामुदायिक सिकाई केन्द्रले पुस्तक बिमोचन गरेको हो । जिल्ला समन्वय समितीका सभापती पिताम्बर शर्मा भुसालले पुस्तकको कभर बाचन गरी बिमोचन गर्नुभयो ।
पुस्तक बिमोचन कार्यक्रममा वाङ्गला सामुदायिक सिकाई केन्द्रकी परिचालिका सुमित्रा भट्टराईले त्यस्को महत्वबारे प्रकाश पार्नुभएको थियो ।