सगरमाथा इन्सोरेन्स कंम्पनी लिमिटेडको ७७ औं शाखा सन्धिखर्कमा

श्याम घिमिरे 
मंसिर १८ अर्घाखाँची : सगरमाथा इन्सोरेन्स कंम्पनी लिमिटेडको ७७ औं शाखा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा मंगलबार देखी बिधिवत रुपमा शुभारम्भ भएको छ । कम्पनीले सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी शाखाको शुभारम्भ गरेको हो ।
पत्रकार सम्मेलनमा मनतब्य राख्दै कम्पनीका क्षेत्रीय प्रमुख गोपाल ज्ञबालीले संस्थाले ब्यबसायी साथीको रुपमा काम गरेको भन्दै कम्पनीले दिने सेबासुबिधाको बारेमा जानकारी दिनुभएको हो । अर्घाखाँची शाखा प्रमुख राजन शर्माको स्वागत मनतब्य र पत्रकार घनश्याम पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार हिम जिसी लेकाली, अशोक खनाल, गणेश खनाल, हृदय कुमार भुसाल, सहयोगी बिसी, श्याम घिमिरे, मुक्तिनाथ भुसाल लगायतले शुभकामना मनतब्य राख्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्नुभएको थियो ।
कम्पनीले अग्नी बिमा ,मोटर बिमा,सामुद्रिक बिमा ,बिबिध बिमा , ईन्जिनियरिङ्ग बिमा,हबाई बिमा,बाली तथा पशु पंक्षी बिमा र लघु बिमा लगायत बिभिन्न क्षेत्रमा बिमाको सुबिधा दिएको छ ।

अन्य समाचारहरु