समाज सुधार युवा क्लब छत्रदेव बल्कोट द्धारा १७ विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण


प्रेमनारायण आचार्य

बल्कोट,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँचीको छत्रदेव बल्कोटमा रहेको बल्कोट समाज सुधार युवा क्लबले १७ विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ । 

छत्रदेव गाँउपालिकाका १ नम्वर देखि ४ वडाका १७ विद्यालयका अपांग, असहाय, दलित, गरिब र जेहेन्दार गरि एक सय एक विद्यार्थीलाइ झोला, कापी, कलम, पेन्सील र इलेजर वितरण गरिएको क्लबका अध्यक्ष मनोज भुसालले बताउनु भयो ।

विजयादशमी तथा दिपावलीको अबसरमा सास्कृतिक कार्यक्रमको अयोजना गरि संकलित रकमबाट क्लबले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको हो । 

क्लबका अध्यक्ष मनोज भुसालको अध्यक्षता, पिताम्वर खनालको सञ्चालन र मोहन सुनारको स्वागतमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितका सदस्य शमसेरदिन मिया, छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, ३ का अध्यक्ष तेजप्रसाद खनाल, ६ का अध्यक्ष कमल पौडेल, तरुणदल छत्रदेवका अध्यक्ष नरेन्द्र पौडेल, शिक्षक कृष्ण प्रसाद अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु