अर्घाखाँचीमा महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइयो

प्रेमनारायण आचार्य

वाङ्ला,अर्घाखाँची , १५ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस अर्घाखाँचीको वाङ्लामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सन्धिखर्क नगरपालिकाको वाङ्लामा रहेको स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा २२ जना महिला स्वास्थय स्वंय सेविकाहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ । स्वयं सेविका पवित्रा भुसाललाइ सर्वोत्कृष्ट कार्य गरे वापत नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र भुसाल, कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला स्वास्थय कार्यलयका मदन भटराइ, स्थानीयहरु मुक्तिराम भण्डारी, पदमा भुसाल, सुआहारका तारा गौतम लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम विरोध पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु