डिआरजी सुमन
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नू मुल नारा सहित संगठित स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीको दोश्रो अधिबेशन पौषको दोश्रो सातामा हुने भएको छ ।
सन्धिखर्कमा संघका कार्यबाहक अध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छलफल गरि पौष १४ गते शनिबारका दिन गर्ने निर्णय गरेको हो ।
जिल्लाका आधा दर्जन भन्दा बढी स्वतन्त्र पत्रकारहरु सहित केन्द्रिय पार्षद डिल्लीराज घिमिरे (डिआरजी सुमन) को उपस्थिति रहेको बैठकले अधिबेशनलाई भव्य र सभ्य तरिकाले सफल बनाउन तयारिका लागि विभिन्न समिती बनाएको छ । जसमा प्रचार प्रसार समिति संयोजकमा सचीव शिव बेल्बासे कार्यक्रम व्यवस्थापन समिति संयोजकमा कार्यबाहक अध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठलाई र केन्द्रिय समिति व्यवस्थापनमा पार्षद डिल्लीराज घिमिरे (डिआरजी सुमन) लाई जिम्मेवारी दिएको छ ।
त्यस्तै संघमा आवद्ध हुन चाहने पत्रकारहरुका लागि नयाँ सदस्यता खुलाईएको छ । भने केही महिना अघि संघको अक्षकोष स्थापना भईसकेमा यस बिषयमा पनि गम्भीर छलफल भएको थियो ।



