नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे छैठाै साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न

अर्घाखाँचीडट्कम 
सन्धिखर्क,अर्घाखाँची ।   नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे छैठाै साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । 
 जिल्ला अध्यक्ष बालकृष्ण अाचार्यकाे अध्यक्षता घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ट उद्योग अधिकृत कमल कार्कीले उद्योग ब्यबसायीलाई घरेलुले प्रदान गरेकाे सेवा सुकिधाकाे बिषयमा चर्चा गर्दै अागामि दिनमा साथ सहयाेेग रहने प्रतिबद्धतन ब्यक्त गरे । 
त्यसैगरि उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष नेत्र भुसालले साना उद्योग महासंघ र बाणिज्य संघ नङ् रमासुकाे सम्बन्ध भएकाे बताउदै राज्यले साना उद्योग तथा ठुला उद्योग लाई एउटै श्रेणिमा राखेर अन्याय गरेकाे बताएका थिए । 
कार्यक्रममा केन्द्रीय प्रतिनिधि बिष्णु अाचार्य, बसन्ता पाैडेल र याेगेन्द्र खड्काले शुभकामना ब्यक्त गरेका थिए । 

अन्य समाचारहरु