अर्घाखाँचीडट्कम
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिका वाड नम्बर ७ सतिनेटामा रहेको शिवमदन माध्यामिक बिद्यालयका कृषि प्राबिधिक बिध्यार्थिलाइ बुधबार कृषी सम्बन्धी उपयोगी ज्ञान प्रदान गरिएको छ ।
सामान्य ज्ञान र स्वास्थ्य ज्ञान, एक महाअभियान, कार्यक्रम अन्तरगत बिद्यालयका ४० जना कृषि प्राबिधिक बिद्यार्थीहरुलाइ ज्ञान प्रदान गरिएको हो ।
बिद्यालयका प्रधानध्यापक राजेन्द्र पौडेलको अध्यक्षयता, वडा अध्यक्ष गुनाखर अधिकारिको प्रमुख आतिथ्यता र शिक्षक गुणानिधी न्यौपानेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै वडा अध्यक्ष गुनाखर अधिकारिले बिद्यालयको नियमित पढाइ संगसंगै बिद्यार्थिलाइ अन्य थप ज्ञान आबश्यकता पर्ने बताउनुभयो । अधिकारीले कृषी जस्तो महत्वपूर्ण शिक्षामा समय सापेक्षीत कृषी ज्ञान, कृषी घटनाक्रम,लोकसेवा लगायत सहयोगी शिक्षा महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा तरकारी जोन अर्घाखाँचीका कृषी अधिकृत थिरलाल गैरे पत्रकार तेजेन्द्र समशेर पाण्डे, सन्तोस शर्मा ,तरकारी जोनका कर्मचारी मनोज खनाल लगायतले मनतब्य राख्नुभएको थियो ।