श्याम घिमिरे
मंसिर २० अर्घाखाँची : सन्धिखर्क नगर भित्र ताजा चाउमिन सस् तथा बेकरिज उद्योग सन्चालनगरि बसेका ब्यवसायिहरूको भेला बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले राजु बस्नेतको अध्यक्षतामा २१ सदस्यीय चाउमिन सस् तथा बेकरिज उद्योग सन्चालक ब्यबसायि समितिको गठन समेत गरेको छ ।
जसको उपाध्यक्षमा कुल बहादुर गाहा,सचिब केशब क्षेत्रि,सहसचिब चित्रबहादुर गाहा,कोषाध्यक्ष नेत्रबहादुर गाहा र सदस्यहरूमा क्रमश : राजु मिश्र,बिजय भुसाल ,भुबन रेश्मि,सागर केसि,दिपक पोख्रेल,महेन्द्र सेन,बाबुराम आचार्य,अनक सिंह श्रेष्ठ ,भक्तिराम बन्जाडे,खुमप्रसाद श्रेष्ठ ,बासुदेब बन्जाडे,केशब मिश्र ,योगेन्द्र खड्का र देब प्रसाद श्रेष्ठ रहेका छन ।
समितिकोबुधबाररै बसेको बैठकले चाउमिन,सस,बेकरिज लगायतका सामाग्रिहरूको मूल्य समेत निर्धारण गर्नुको साथै ४ महिला भित्र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बैधानिक रूपमा समिति दर्ता गर्ने निर्णय पनि गरेको छ ।