अर्घाखाँचीको विकासमा एक ईटा थप्ने नयाँ सिडियो लामीछानेको प्रतिबद्धता

अर्घाखाँचीडट्कम 
अर्घाखाँची । अर्घाखाँची – भर्खर मात्रै जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अर्घाखाँचीको विकासमा एक ईटा थप्ने बताउनु भएको छ । 
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले बिहिबार सदरमुकाम सन्धिखर्कमा गरेको स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रजिअ लामीछानेले आफु रहुनजेल अर्घाखाँचीको समृद्धीमा लागी पर्ने बताउनुभयो । 
कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिम रानाको अध्यक्षता उपाध्यक्ष विक्रम थापाको स्वागत मनतब्य र विकल्प भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी जिल्ला न्यायाधिस रामचन्द्र पौडेलले अर्घाखाँची मिलन केन्द्रलाई क्रिर्यटिभ कामबाट परिचित गराउनु पर्नेमा जोड समेत दिनुभयो । 
त्यस्तै सोही कार्यक्रममा ईन्जिनियर राजु थापा मगरलाई स्वागत समेत गरिएको थियो ।

अन्य समाचारहरु